
एजेन्सी । भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताएका छ ।


पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो ।

अधिकांश मृत शरीरहरू पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डीएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो । कुल ८१ शवमध्ये २९ वटाको मात्र डिएनए नमूना मिलान गर्न सकिएको छ । उडिसाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ ।









