कोशी प्रदेश राजनीति

कोशीमा नयाँ सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघी बढेको छ । प्रदेश प्रमुख परशुराम खापुङले आईतवार सरकार गठनको आह्वान गरेका हुन । खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । असार २१ गते सम्म दलहरुले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ ।

शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *