
विराटनगर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले काङ्ग्रेस-एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन । मंगलबार विराटनगरमा आयोजित काङ्ग्रेसको प्रदेश स्थरिय पालिका सभापति भेलाको उद्घाटन सत्रमा कोइरालाले काङ्ग्रेस-एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका हुन ।


कोइरालाले देशको आर्थिक अवस्था, सुशासन कमजोर भएको भन्दै देश जटिल अवस्थामा रहेको बताएका थिए । उनले काङ्ग्रेस-एमालेको गठबन्धन सरकारले स्थिर सरकार निर्माण, संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएकोले मुख्य मुद्दालाई टुङ्गोमा पुर्याउन सरकार लाग्नु पर्ने बताएका थिए ।

कोइरालाले काङ्ग्रेस-एमाले सरकार निर्माण भएको चार महिना बित्दा समेत संविधान संशोधनमा कुनै छलफल नभएको भन्दै आक्रोश पोखेका थिए । उनले संविधान संशोधन गर्न के र कसले रोक्यो भन्दै प्रश्न गरेका थिए । पालिका भेलामा कोशीका १३७ पालिकाबाट ११३ पालिका सभापति सहभागी भएको बताइएको छ । पालिका र महानगरका सभापतिका लागि विधान अधिकार खुम्चिएको र उनीहरूको माग सम्बोधन गर्न आफु तयार रहेको कोइरालाले बताएका छन ।









