
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ५०% मत खसेको छ ।


मंगलबार भएको स्ववियु निर्वाचनमा एक हजार आठ सय अठचालीस जना विधार्थीहरुले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

सुकुना बहुमुखी क्याम्पसमा तीन हजार छ सय बियासी जना विधार्थीहरु रहेका थिए । जस मध्ये ५०% मत खसेको निर्वाचन समितिले जनाएको छ । मंगलबार बिहान ८ बजे देखि शुरु भएको निर्वाचन दिउँसो ४ बजे सम्म भएको थियो ।
मतदान कार्य सकिए लगतै निर्वाचन समितिले सर्वदलिय बैठक बोलाउने तयारी गरेको छ । निर्वाचनको मतगणना सम्भव भएसम्म बेलुका देखि गणना गर्ने तयारी भैरहेको छ ।









