
सुन्दरहरैंचा । ‘खोर्साने महोत्सव’ मा आज बुधवार चर्चित गायिका रचना रिमाल आउँने भएकी छिन । मोरङको सुन्दरहरैंचा १२ स्थित खोर्सानेमा लाग्दै आएको महोत्सवमा गायिका रिमालले आफ्नो चर्चित एक दर्जन भन्दा बढी गित गाएर दर्शकलाई मनोरञ्जन दिलाउँनेछिन् । कहिले मिलन कहिले बिछोड, आयौं चेली, पहिलो पल्ट भेट हुँदा, फोटो फिरिममा, उनको प्रीति, पानी छम्किने, मिनिरल वाटर, जस्ता चर्चित गीत गाउँनेछिन ।


महोत्सव साझँ ६ बजेदेखि करिब १० बजेसम्म सञ्चालन हुने आयोजकले बताएका छन् । सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दर खोर्साने युवा क्लबले “खोर्साने तेस्रो मिनी मेला” को आयोजना गरेको हो ।

क्लबको भवन निर्माण गर्नका लागि महोत्सव आयोजना गरेको आयोजकले जनाएको छ । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको बेजोड प्रस्तुति समेत रहने बताइएको छ । मेला १९ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।









