कोशी प्रदेश मुख्य समाचार

मालपोत कार्यालय बेलबारीको खानेपानीको धारा बन्द

बेलबारी । मालपोत कार्यलय बेलबारीले २ बर्षभन्दा बढी समयदेखि खानेपानीको मासिक शुल्क नतिरे पछि  खानेपानीको धारा बन्द गरिएको  छ ।

बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार पूर्व समिति र हालको नयाँ कार्य समितिद्वारा शुल्क भुक्तानीको लागि पटक पटक पत्र पठाउँदा पनि बेवास्ता गरे पछि मालपोत कार्यालयमा जडान गरिएको खानेपानीको धारा काटिएको हो ।

संस्थाका अनुसार मालपोत कार्यालयले २६ महिनाको शुल्क भुक्तानी गर्न बाँकी रहेको छ  । मालपोत कार्यालयसँगै अन्य व्यक्तिको घरमा पनि खानेपानीको शुल्क भुक्तानी नगर्ने उपभोक्ता रहेको संस्थाले जनाएको छ ।

संस्थाले माघ ७ गते मासिक महसुल भुक्तानी नगर्नेको धारा काट्ने सूचना सार्वजनिक गरेको थियो । सोही सूचना अनुसार बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बुधवार देखी महसुल भुक्तानी नगर्नेहरूको धारा बन्द गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *