
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मंगलबार विद्यार्थी संगठनहरुले उम्मेद्बारी दर्ता गरेका छन् ।


विद्यार्थी संगठनले उम्मेद्बारी दर्ता गराए सँगै विद्यार्थीहरू सँग भोट माग्न घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । बुधबार देखि नेपाल विद्यार्थी संघ सुकुनाले घरदैलो कार्यक्रम शुरु गरेको छ ।

स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिमा विजय ओझाले उम्मेद्बारी दर्ता गराएका छन् । त्यस्तै सचिवमा अर्जुन दाहाल, कोषाध्यक्षमा सविना थापाले उम्मेद्बारी दर्ता गराएका छन् ।
त्यस्तै सदस्य पदमा शिला ढकाल, लक्ष्मी रायमाझी, सुदिपजंग खड्का, पर्वत राउत, डेनिस श्रेष्ठ, आशिष सुन्दास, रोसन पौडेल र विपसा चापागाईँले उम्मेद्बारी दर्ता गराएका छन् ।









