कोशी प्रदेश मुख्य समाचार

हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा एक महिलाको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान सुन्दरहरैचा नगरपालिका– ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितीको जंगलमा दाउरा खोज्न गएकी स्थानीय ४० वर्षीय गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

दाउरा खोज्न गएको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरीले उद्दार गरी उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा पठाएको थियो । अस्पताल आए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *