
सुन्दरहरैंचा । नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पसले पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सोमबार क्याम्पसको सभाहलमा संघले केही दिन अघि आयोजना गरेको गजल प्रतियोगिता तथा शिक्षा सेवा आयोगमा नाम निकाल्न सफल विद्यार्थी हरुलाई पुरस्कार तथा सम्मान गरेको हो ।



कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य शिवप्रसाद ढकालले सुकुनामा नेपाल विद्यार्थी संघ बलियो रहेको बताए । आगामी स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई विजय हासिल हुने गरी लाग्न उनले आग्रह गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मोरङका सचिव ललित श्रेष्ठले आउँदै गरेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई एकढिक्का भएर लाग्न आग्रह गरे । क्याम्पस प्रशासन र विद्यार्थी बिच समन्वय गर्न स्ववियुको भूमिका रहने भन्दै क्याम्पसमा नेपाल विद्यार्थी संघले विजयी हासिल गरे मात्र विद्यार्थीको हक हित हुने बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलले नेपाल विद्यार्थी संघ सधैँ विद्यार्थी हकहितमा रहेर काम गर्ने विद्यार्थी सङ्गठन रहेको बताए । उनले विद्यार्थीको मुद्दामा रहेर काम गर्ने , विद्यार्थी हरुको हरेक समस्या समाधान गर्नमा नेपाल विद्यार्थी संघ लागिरहने बताए ।
कार्यक्रममा प्रणय दिवसको दिन नेपाल विद्यार्थी संघले आयोजना गरेको गजल प्रतियोगितामा प्रथम हुने कृष्टिना खनाल, दृतिय हुने सुमन ढंगाना, तृतीय हुने टिकाराम कार्की र एलिना थापालाई सान्तवना पुरस्कार वितरण गरिएको सुकुना नेवी संघका कार्यवाहक सभापती विजय ओझाले बताए ।










