मुख्य समाचार राजनीति

जहाँ शेखरको समाचार, त्यहाँ गगनलाई जय नेपाल

सुन्दरहरैंचा । नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशन हुने नहुने अन्योल रहँदा रहँदै काङ्ग्रेसमा महाधिवेशनको चहलपहल हुन थालेको छ ।

महाधिवेशनलाई लक्षित गर्दै काङ्ग्रेस नेताहरू यति बेला देश दौडाहामा छन् । संस्थापन इतर पक्षबाट इतर पक्षका नेता शेखर कोइरालाले स्वयम् आफू सभापतिको उम्मेद्बारी रहने घोषणा गरिसकेका छन् । संस्थापन पक्षले भने अहिले सम्म सभापति को बन्ने निर्णय गरेको छैन । १४ औँ महाधिवेशनमा संस्थापन इतर पक्षमा रहेका महामन्त्री गगन थापाले समेत आफू सभापति बन्ने सङ्केत दिएका छन् । तर गगनले १५ औँ महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने घोषणा गरिसकेका छैनन् ।

कोइराला र थापाको सम्बन्धमा खटपट आएपछि दुवै नेता अहिले देश दौडाहामा लागिरहेका छन् । युवा पङ्क्तिमा लोकप्रिय रहेका थापालाई काङ्ग्रेसको एउटा पक्षले सभापतिको उम्मेद्बारी बनाउने सम्भावना रहेको छ । १४ औँ  महाधिवेशनमा एउटै समूहमा रहेका कोइराला र थापा बिचको सम्बन्धलाई लिएर अहिले देशभरी चर्चा शुरु हुन थालेको छ ।

विभिन्न कार्यक्रममा गएर कोइरालाले आफ्नो व्यक्तव्य दिएपछि समाचार भित्रको कमेन्टमा समेत गगन थापालाई जय नेपाल भन्नेको लर्को लाग्छ । अहिले सामाजिक सञ्जालमा काङ्ग्रेसको केही समाचार आउँदा समेत १५ औ महाधिवेशनलाई लक्षित गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गगन थापालाई जय नेपाल  भन्ने कमेन्ट गर्न थालेका छन् । सामाजिक सञ्जालमा समेत अब काङ्ग्रेसको नेतृत्व गगन थापाले लिनुपर्ने आवाज उठ्न थालेको छ ।

आगामी महाधिवेशनमा पार्टी सभापति लड्ने सङ्केत गरेका महामन्त्री थापा र घोषणा गरिसकेका नेता डा. शेखर कोइरालाले जिल्ला जिल्लामा आफ्नो सक्रियता बढाएका छन्। दुवै नेताको पक्षमा शक्ति प्रदर्शन गर्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *