
बेलबारी । नेपाल विद्यार्थी संघ (नेबिसंघ) बेलबारी बहुमुखी क्याम्पस इकाई समितिको सभापतिमा सुजल खवास निर्बाचित भएका छन ।


फागुन १८ गते आईतबार सम्पन्न इकाई अधिवेशनबाट सभापति पदमा खवास र्निविरोध निर्वाचित भएका छन् भने अन्य पदाधिकारी समेत र्निविरोध निर्वाचित भएका छन ।

अधिवेशन सरोज सुवेदीको सभापतित्व, जिल्ला उपसभापति सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनबाट ५३ जनाको नयाँ कमिटी चयन भएको छ ।









