
सुन्दरहरैंचा । नेकपा एमाले मोरङको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ । मतदान भने भोलि बिहान ९ बजेबाट सुरु हुनेछ ।


१७ फागुनबाट जारी १० औं जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझाले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् ।

इतर पक्ष (विनोद ढकाल समूह)बाट अध्यक्षमा अजम्बर राईले मनोनयन दर्ता गरेका छन् । यो समूहबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले मनोनयन दर्ता गरेका छन् ।
१६५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । दुवै पक्षले पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाउने तयारी गरेका छन् ।









