कोशी प्रदेश मुख्य समाचार

ओखलढुंगा–मोरङ सेवा समाजको तदर्थ समिति गठन

विराटनगर । ओखलढुङेलीहरुको भेलाले बाबुकाजी थापाको संयोजकत्वमा ओखलढुंगा–मोरङ सेवा समाजको तदर्थ समिति गठन गरेको छ । शनिबार विराटनगरमा भेला भएका ओखलढुङेलीहरुले एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

गठित समितिको उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिव कौशल निरौला, कोषाध्यक्ष नवराज काफ्ले चयन भएका छन् । यस्तै सदस्यहरुमा तीर्थराज घिमिरे, लिलाराम बाँस्तोला,रोमप्रसाद धमला, गिरीराज अधिकारी,धिरज आचार्य, तारा कट्वाल,शोभा पोखरेल रहेका छन् ।

ओखलढुङ्गा थातथलो रही हाल मोरङ जिल्लामा आएर बस्ने ब्यक्तिहरुको बीचमा आपसी सद्भाव र जिल्लावासीको सामिप्यतानजिक बनाउने उद्देश्यले समिति निर्माण गरिएको सो तदर्थ समितिका अध्यक्ष वावु काजी थापाले जानकारी दिए। सो समितिमार्फत ओखलढुंङाबाट विराटनगरमा आई बसोवास गरेका एकीकृत हुने भएका छन् ।

कार्यक्रममा ओखलढुङेली अगुवा तिर्थराज थापा,मधुसुदन ओझा,सोमनाथ घिमिरे,शम्भु दाहाल र राजकुमार थापा,देवेन्द्रराज पोखरेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *