
सुन्दरहरैचा । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले काण्डै काण्डले देशको अवस्था विग्रिएको बताएका छन । एउटा काण्ड आउछ त्यसको अनुसन्धान प्रक्रिया नै नसकी अर्को काण्ड आउनुले देशमा तस्करी, अनियमितता र भ्रष्टाचार व्यापक रुपमा रहेको प्रष्ट हुने कोइरालाले बताए ।


मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वडा नं ६ मा दुलारी सरोकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दाइ सांसद कोइरालाले हरेक काण्ड अनुसन्धान बीचैमा पुगेपछि रोकिने गरेको भन्दै सुन तस्करीको अनुसन्धानमा सुन काण्ड पनि सामसुम हुने बिषयमा आंशका ब्यक्त गरेका छन । उनले सुन तस्करको ट्रान्जिट पोइन्ट नेपाल रहेको भन्दै यसले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल भ्रष्टचार र तस्करको देश भनेर चिनिन सक्ने उल्लेख गरे ।

उनले भने ‘एउटा इस्यु उठ्छ । अर्को इस्यु उठ्दा अघिल्लो साइड लाग्ने गरेको तर निष्कर्षमा नपुगेको बताउदै यस अघि नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरण पनि टुंगोमा नपुर्याएको कोइरालाले बताए ।









