
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्काउटको तेस्रो सयुक्त ट्रेनिङ क्याम्प सञ्चालन भएको छ । बेलबारी नगरपालिका र सुन्दरहरैंचा नगरपालिकाका स्थानिय स्काउट समितिहरुहरुको सयुक्त आयोजनामा तेस्रो सयुक्त ट्रेनिङ क्याम्प आयोजना भएको हो ।


स्काउटहरुको व्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्न र स्वअनुशासनको अनुभुती गराई आत्मविश्वासमा समेत बढाउने उद्देश्यले क्याम्प सञ्चालन गरिएको स्काउट सुन्दरहरैंचाका प्रमुख आयुक्त मनोज लामा कार्कीले बताए ।

उक्त सयुक्त ट्रेनिङ क्याम्प ४ दिन ३ रात सञ्चालन हुनेछ । उक्त क्याम्पमा कोशी प्रदेशका ५२ वटा विधालयका एकहजार भन्दा बढी विधार्थीहरु सहभागी रहेको कार्कीले बताए ।









