कोशी प्रदेश मुख्य समाचार

भोलेश्वर दुलाल, जसमा सुन्दरहरैंचाको एकता देखिन्छ

सुन्दरहरैंचा । समाजमा कमै मानिस देखिन्छन् जसले सबै मानिसलाई एउटै सूत्रमा बाँध्न सक्छ । भोलेश्वर दुलाल पूर्वाञ्चल ल्युब आयलका प्रबन्ध निर्देशक हुन । उनी एक उद्योगपति भए पनि त्यति नै सामाजिक कार्यमा समेत सक्रिय देखिन्छन् ।

०७३ साल देखि उनले कोशीहरैंचा हुँदै सुन्दरहरैंचा नगरपालिका सम्म आइपुग्दा उनले यस क्षेत्रमा ४ वटा एक्स्पो सञ्चालन गरिसकेका छन् । एक्स्पोबाट आएको रकम उनले सार्वजनिक शौचालय निर्माण कार्यमा खर्च गर्दै आएका छन् ।

एक्स्पो सगैं उनले २०७८ मा स्पोर्ट्स ग्रामको अवधारणा ल्याए । आफ्नो व्यक्तिगत खर्च सँगै समाजका अन्य नागरिकको अगुवाइमा उनले लागत साझेदारीमा सुन्दरहरैंचाको सलकपुरमा दुर्गा देवी दुलाल स्पोर्ट्स ग्राम निर्माण गरे । उनले हरेक योजना ल्याउँछन् त्यसमा समाजका अन्य व्यक्तिले समेत समर्थन जनाएर सहयोग गर्ने गरेका छन् ।

दुलाल सुन्दरहरैंचाको लागि एकताको प्रतीक हुन् भन्दा फरक पर्दैन ।  सुन्दरहरैंचामा चार वटा एक्स्पो सञ्चालन गरेर बचत भएको रकमबाट सुन्दरहरैंचामा ८ वटा सार्वजनिक शौचालय निर्माण गर्ने उनको लक्ष्य रहेको छ । हाल दुई वटा सार्वजनिक शौचालय विराटचौक र सलकपुरमा सञ्चालन आइसकेको छ भने बाकी दुईवटा शौचालय सञ्चालनमा आउने अन्तिम तयारीमा छ । मृगौलिया, गोठगांउ, गछिया, बलियामा सुन्दरहरैंचा विराट एक्स्पो-४ को बचत भएको रकमबाट निर्माण गर्ने उद्घोष उनले गरेका छन् ।

शौचालय र स्पोर्ट्स ग्राम मात्र हैन उनले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर इन्द्रपुर जेसिजले नेतृत्व गरेको मङ्गल स्मृति प्रतिष्ठानको भवन निर्माण गर्न समेत उतिकै भूमिका निर्वाह गरेका छन् ।

उनले एक्स्पो-४ को सञ्चालनको हरेक मन्तव्यमा भन्दै आएका छन् मेरो एक्स्पोको संयोजकको यो अन्तिम हो । अब म एक्स्पोको अबका दिनमा संयोजक हुँदिन । एक्स्पो संयोजकको रूपमा अन्य व्यक्तिले जिम्मेवारी लिनुपर्छ । तर दुलाल बाहेक अन्यले सुन्दरहरैंचा विराट एक्स्पो पूर्ण सफल बनाउन सक्छ ? भन्ने पनि प्रश्न उठ्न थालेको छ । तर दुलालले अबको दिनमा एक्स्पोको जिम्मेवारीमा नरहने बताइसकेका छन् । दुलाल इभेन्ट म्यानेजमेन्टमा मात्र सीमित छैनन् । हरेक इभेन्ट आयोजना गर्दा उनले उद्योग वाणिज्य सङ्घ सुन्दरहरैंचा र सुन्दरदुलारीलाई समेट्ने गर्दछन् । एक्स्पो सञ्चालन गर्दा समेत उनले कहिले सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घबाट र कहिले सुन्दरदुलारीबाट आयोजना गर्दै आएका छन् ।

दुलालले सुन्दरहरैंचामा पर्यटक भित्राउन समेत उल्लेखनीय भूमिका खेलेका छन् । उनले आफ्नै लागतमा सुन्दरहरैंचाको विराटचौकमा नेपालीरिका होटल सञ्चालन गरेका छन् । जसले गर्दा यहाँको व्यापार फस्टाउन साथै यहाँको पर्यटकीय क्षेत्रमा आवतजावत गर्ने बाह्र्य पर्यटकको वृद्धि भएको छ ।

दुलाल एक उधोगपती मात्र हैन यहाँका नागरिकका बास,गाँस कपासका लागि रोजगारदाता हुन् । उनले पुर्वाञ्चल ल्युब र नेपालिरिका होटल, ब्राइट फ्युचर बोर्डिङ र जेसिआर आरएमसी गरेर ६३५ भन्दा बढिलाई रोजगारी उपलब्ध गराएका छन् । आफू उद्योगपति भएकै कारण उनले हरेक व्यापार व्यवसाय गर्नेहरूलाई सँगै लिएर हिँड्ने गरेका छन् । व्यापारीहरूको हरेक दुःख सुखमा दुलाल सँगै हुँदै आएका छन् ।

बढ्दो शहरीकरणका कारण सुन्दरहरैंचामा अब कुनै इभेन्ट आयोजना गर्ने खाली ठाउँ छैन । तर दुलालको दुर्गामी भिजनले सुन्दरहरैंचालाई १० वर्षको लागि स्पेस दिन सफल भयो । उनकै अगुवाईमा १० वर्षको लागि सुन्दरहरैंचा उधोग वाणिज्य संघले लिजमा जग्गा लियो । यसको सबैले चौतर्फी प्रशंसा गर्दै आएका छन् ।

सुन्दरहरैंचा कहिल्यै बन्द हुँदैन । राजनीतिक दल देखि अन्य विभिन्न कारणले यहाँको व्यापार कहिल्यै बन्द हुँदैन । बन्द निषेधित क्षेत्र बनाउने पनि स्वयम् दुलाल हुन । उनको प्रत्येक बोलीमा सबैलाई मिलाएर लैजान सक्ने मिठास पन छ । उनलाई सबैले सुन्दरहरैंचाको एकताको प्रतीक समेत मान्दछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *