कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाबाट लागूऔषध सहित चारजना पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट लागुऔषध सहित चारजनालाई प्रहरील्र पक्राउ गरेको छ । वडा नं ३ बस्ने वर्ष  ३० कि सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले राईको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद रू ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरेको हो ।

त्यस्तै सोही वडा स्थित गछिया बस्ने २३ बर्षिय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० बर्षिय आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान,  एभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थित  २४ बर्षिय संगम आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरेको छ ।

पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर मोरङ अदालतबाट लागू औषध कसूरमा  दिन ४ (चार) म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *