कोशी प्रदेश मुख्य समाचार विजनेश

सुन्दरहरैंचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित सामाग्री

सुन्दरहरैंचा । माघ ३० गतेदेखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ मा गाईको गोबर र गहुँतबाट निर्मित सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।

स्टल नम्बर ७५ मा उन्नत गोठ प्रालि विराटनगरमा गोबरबाट निर्मित दियो, माला, श्रीयन्त्र, लक्ष्मीका पाउ, जलपात्र, अगरबत्ती, गमलाका साथै लिपपोतका लागि सहज होस् भनेर धुलो गोबर पनि बिक्रीका लागि राखिएको छ ।

गाईको गोबर किनेर किसानलाई गाईपालनमा अभिप्रेरित गर्नुका साथै उद्योगमा महिलालाई काम दिन पनि आफूले नयाँ उद्योग सञ्चालन गरेको सञ्चालिका बेबिना दाहाल बताउछिन ।

नयाँ किसिमका सामान भएकाले उत्सुकताका साथ जानकारी लिने र सामान महङ्गो नभएकाले केही न केही खरीद गर्ने गरेको दाहाल बताउछिन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *