
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा आज देखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पोमा ५ हजार भन्दा बढिको उपस्थिति रहेको छ ।


सुन्दरहरैंचा विराट एक्स्पोमा आज पहिलो दिन हास्यकलाकार मनोज गजुरेल र गायक दुर्गेश थापाको प्रस्तुती रहेको थियो ।

सुन्दरहरैंचा विराट एक्स्पोका सुचना तथा प्रचार विभागका संयोजक कृष्ण ओझाका अनुसार आज पहिलोदिन ५ हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको हो । आज माघ ३० गते देखि शुरु भएको एक्स्पो फागुन १० गते सम्म सञ्चालन हुनेछ ।









