
सुन्दरहरैंचा । पाथिभरा महिला समाजको अध्यक्षमा योजना शर्मा निर्वाचित भएकी छन । समाजको शनिबार भएको आठौ साधारण सभाबाट शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन ।


त्यस्तै उपाध्यक्षमा जानुका थापा, सचिवमा विन्दा थापा, सह-सचिवमा सावित्रा पोखरेल र कोषाध्यक्षमा सञ्जु रेग्मी निर्वाचित भएका छन ।

त्यस्तै समाजको सदस्यमा बाथकुमारी दाहाल, पदमा भट्टराई, विना न्यौपाने र प्रमिला खड्का निर्वाचित भएका छन । महिला समाजको ८ औ साधारणसभा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित बाघझोडामा भएको थियो ।









