कोशी प्रदेश समाचार

बेलबारीका अधिकृत गणेशराज कार्कीको दमक सरुवा

बेलबारी । बेलबारीका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीको दमक सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पत्रका कार्कीको दमक नगरपालिका सरुवा भएको छ ।

यस अघी दमकमा प्रमुख प्रशासकिय अधिकृत डम्मरुप्रसाद निरौला थिए । निरौलालाई मन्त्रालय तानेर कार्कीलाई पठाएको छ । कार्कीले हाल सम्म काम गरिरहेका स्थानिय तहमा नागरिक देखी स्थानिय तहका कर्मचारीहरुले कार्कीलाई स्थानिय तहको गुरु मान्दै आएका छन ।

मंगलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिब र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीको दमक नगरपालिकामा सरुवा गरेको भएता पनि बेलबारी नगरपालिकामा को आउने भन्ने बिषय भने सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *