खेल मुख्य समाचार

विराट भेट्रान गोल्डकप: पूर्वेली भेट्रान बिर्तामोड क्वाटरफाइनलमा

सुन्दरहरैंचा । माघ १९ गतेदेखि सुन्दरहरैंचाको विराटचोकमा सञ्चालन भइरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताबाट पूर्वेली भेट्रान बिर्तामोड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुकुना माविको खेलमैदानमा भएको प्रतियोगितामा १ का विरुद्ध ३ गोल गर्दै पूर्वेली भेट्रानले राजारानी भेट्रान धनकुटालाई पराजित गरेको हो । खेलको म्यान अफ द म्याच विजेता टिमका खेलाडी सन्तोष राई घोषित भए ।

पूर्वेली भेट्रानले अर्काे खेल भोलि हुने प्रतियोगिताको विजेतासँग २५ गते खेल्नेछ ।

आजको प्रतियोगिता आयोजक विराट भेट्रानको समूह ए र हाम्रो धरान भेट्रानबीच हुनेछ । हाम्रो धरान भेट्रान मिल्स भेट्रान विराटनगरलाई पराजित गरेर क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजक भने बाइ पाएर सिधै क्वाटर फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । उपविजेताले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यही माघ २६ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *