मुख्य समाचार समाचार

रोजगारीको अवसर: स्वाद होटलमा निःशुल्क वेटर तालिम

सुन्दरहरैंचा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यवसायिक केन्द्रले रोजगारीमुखी तालिम कार्यक्रम अन्तरगत होटल तथा पर्यटन क्षेत्रको मागलाई ध्यानमा राख्दै वेटर तालिम निःशुल्क रुपमा प्रदान गर्ने भएको छ।

विशेषगरी युवा वर्गलाई दक्ष बनाउँदै स्वदेशमै रोजगारीको वातावरण तयार गर्न लक्षित यो तालिम होटल म्यानेजमेन्ट विधाअन्तर्गत सञ्चालन हुनेछ। तालिमको लागि इच्छुक आवेदकले २०८२ साल वैशाख ८ गतेभित्र अन्तर्वार्ताका लागि उपस्थित हुनुपर्नेछ।

यो तालिम कोशी प्रदेशका फरक–फरक भूगोलका तालिम केन्द्रहरूबाट सञ्चालन गरिनेछ, जसमा गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, विराटनगर ट्रेनिङ प्राली,स्वाद होटल, विराटचौक र मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा रहेका छन ।

उक्त तालिमबाट प्रशिक्षित युवाहरूले देश तथा विदेशका होटल तथा रेस्टुरेन्टहरूमा सहजै रोजगारी पाउने स्वाद होटलका सञ्चालक सुमन बानियाले बताए । प्रशिक्षार्थीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक दुवै पक्षमा दक्ष बनाइने बानियाले बताए ।

सरकारद्वारा संचालित यस्तो किसिमको व्यावसायिक तालिमले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नुका साथै वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सीपस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बानियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *