
सुन्दरहरैंचा । सुविजिमुर मेमोरियल माध्यमिक विधालयले आफ्नो ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। इन्द्रपुर जेसिज मंगल स्मृती प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार वितरणसहित विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ प्याब्सनका अध्यक्ष जगतबहादुर बस्नेतले सुविजिमुर विधालयलाई नमूना, व्यवस्थित र उत्कृष्ट विधालयको रुपमा मूल्याङ्कन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विधालय सफल भएको बताए।

विधालय व्यवस्थापन समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल गोविन्द कार्कीले शिक्षाको गुणस्तर अभिभावक र विद्यालयबीचको सहकार्यमा निर्भर रहने बताएका थिए। “विद्यालयले दिएको शिक्षाले मात्र विद्यार्थीको पूर्ण विकास सम्भव हुँदैन,” उनले भने, “निरन्तर सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुन्छ।”
कार्यक्रममा विद्यालयले सञ्चारकर्मी मणिराम दाहाललाई शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै विशेष सम्मानसमेत गरेको थियो। विधालयले आफ्नो अभिभावक दिवसमा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारी, समाजमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो ।