खेल मुख्य समाचार

विराट भेट्रानको सेमीफाइनलमा आयोजक “बी” प्रवेश

सुन्दरहरैंचा । सुन्दरहरैंचाको विराटचोकमा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार भएको खेलमा २ शून्यको अग्रतासँगै आयोजक सेमीफाइनलमा प्रवेश गरेको छ । अब उसले माघ २४ गते जी एन युनाइटेड भेट्रान घुम दार्जिलिङसँग खेल्नेछ । दार्जिलिङ बाइ पाएर सिधै सेमीफाइनलमा पुगेको हो ।

पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरी, सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले पनि आजको प्रतियोगितामा आयोजकको तर्फबाट खेलेका थिए । श्रेष्ठ ४ नम्बरको जर्सीमा थिए भने क्याप्टेन ढकाल १२ नम्बर जर्सीमा थिए । आयोजकको टिम कोचमा काजीहाङ लिम्बू रहेका थिए ।

खेलको मुख्य रेफ्रीमा उत्तमकुमार खवास, असिस्टेन्ट वान पवन शिवभक्ति, असिस्टेन्ट टुमा लक्ष्मी योगी फोर्थ अफिसियल बलराम खवास र म्याच कमिस्नारमा प्रकाश मास्के थिए । नगेन्द्र लिम्बूले दोस्रो हाफको १३ औँ मिनेटमा आयोजकका लागि पहिलो गोल गरेका थिए । उनले मैदानमा प्रवेश गरेको छैटौँ मिनेटमा गोल गरेका थिए ।

पहिलो गोल भएको दोस्रो मिनेटमै जर्सी नम्बर २ का महेन्द्र खवासले अर्काे गोल गरेर अग्रता दोब्बर बनाएका थिए । त्यसपछि कुनै पनि टिमले गोल गर्न नसकेपछि २–० गोलले आयोजकको बी टिम सेमीफाइनलमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *