कोशी प्रदेश मुख्य समाचार

अन्तर्राष्ट्रिय नारी दिवस: सुन्दरहरैंचामा श्रमिक महिला सम्मानित

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले ‘महिलामा लगानी सभ्य र सम्मुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ  । नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार नगरपालिकाको सभाहलमा विभिन्न कार्यक्रम गर्दै मनाएको हो ।

कार्यक्रममा नगरपालिकाले अन्तर मावी स्तरीय वतृत्वकला प्रतियोगिता तथा श्रमिक महिलाहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो । वक्तृत्वकला प्रतियोगितामा प्रतियोगी हरुले “महिलामा लगानी सभ्य र सम्मुनत समाजको थालनी” शिर्षकमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

नगरपालिकाले विभिन्न क्षेत्रमा कार्यरत १२ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकि उपप्रमुख अकली चौधरीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो भने प्रमुख अतिथी नगरप्रमुख केदारप्रसाद गुरागाई रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *