
सुन्दरहरैंचा । संस्थागत विद्यालयहरूको संगठन प्याब्सनको कोशी प्रदेश समितिका लागि अर्जुन बस्नेतले वरिष्ठ उपाध्यक्ष पदमा दाबेदारी गरेका छन् ।


सिद्धार्थ सेकेण्डरी स्कुलको प्रीन्सिपल रहेका बस्नेतले कोशी प्रदेश प्याब्सन्को उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन । २०५४ मा प्याब्सनको सदस्य लिएका बस्नेतले २७ वर्ष पछि प्याब्सन कोशी प्रदेशको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन ।

बस्नेत २०५४ हुँदै २०५९ मा मोरङ जिल्ला सदस्य, २०६९ मा दुई कार्यकाल उपाध्यक्ष, २०७५ मा मोरङ अध्यक्ष र २०७८ मा कोशी प्रदेश उपाध्यक्ष भइसकेका हुन ।
बस्नेतले आगामी प्याब्सन कोशी प्रदेशको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन । उनी एक सफल विधालय व्यवस्थापकको रुपमा परिचित समेत रहेका छन ।









