
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा हालसम्म ५% मात्र धान रोपाइँ भएको छ । सुन्दरहरैंचा नगरपालिकाको कृषि शाखाका अनुसार सुन्दरहरैंचामा धान रोपाइँको काम भर्खर शुरु भएको हो ।


सुन्दरहरैंचामा तीन हजार चार सय हेक्टर जमिनमा धान रोपिन्छ । गत वर्ष भने तीन हजार हेक्टर जमिनमा मात्र धान रोपिएको नगर कृषि शाखाले जनाएको छ ।

नगरको सबै वडामा धान रोपाइँ गरिएता पनि सबै भन्दा बढी वडा नं १, वडा नं २ र वडा नं ११ मा धान रोपाइँ हुने गरेको छ । अघिल्लो वर्ष रोपाइँको समयमा किसानले मलको अभावले समस्या भोगिरहेका थिए भने यस वर्ष सुन्दरहरैंचा नगरपालिका क्षेत्र भित्र मलको अभाव नभएको कृषि शाखाले जनाएको छ ।









