कोशी प्रदेश मुख्य समाचार

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

सुन्दरहरैंचा । झापाको मेचीनगर नगरपालीका-१३ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ८ गते प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलिले मेचीनगर-१३ का २५ बर्षीय लुबी कामाईको साथबाट ४ सय ६० मिलिग्राम ब्राउन सुगर र १५ हजार नेपाली रुपैया सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज गाउँपालिका-५ पालटोल स्थितबाट बेवारिसे अवस्थामा राखिएको २८ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *