कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा विधार्थीलाई नि:शुल्क जुत्ता र जुरफ वितरण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित लक्ष्मीपुरमा रहेको सुर्य ज्योती आधारभुत विधालयका विधार्थीहरुलाई नि:शुल्क जुत्ता र जुरफ वितरण गरिएको छ ।

सुन्दरहरैंचामा रहेको सामाजिक संस्था पाथिभरा महिला समाजले नि:शुल्क जुत्ता र जुरफ वितरण गरेको हो । करिब १४ हजार रकम बराबरको ३५ जना विधार्थीहरुलाई जुत्ता र जुरफ उपलब्ध गराएको पाथिभरा महिला समाजकी अध्यक्ष योजना शर्माले बताइन् ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं १ कि वडा सदस्य  धारणा खनाल, विधालय व्यवस्थापन समितिका अध्यक्ष, महिला समाजकी संस्थापक अध्यक्ष प्रमिला दुलाल, पुर्व अध्यक्ष सुनिता पोखरेल ढकाल लगायत समाजका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *