मुख्य समाचार स्वास्थ्य

नोवेल अस्पतालमा अब ४० सेकेण्डमा क्यान्सरको उपचार

सुन्दरहरैंचा । नेपालमा नै पहिलो पटक ४० सेकेन्डमा क्यान्सरको उपचार गर्ने प्रविधि नोवेल अस्पतालले ल्याएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिलले क्यान्सरका सेल मेशिनबाटै निर्मूल पार्ने अत्याधुनिक मेशिन भित्र्याएको हो ।

यो मेसिन नेपालमा नै पहिलो र दक्षिण एसियाका नवौं मानिन्छ । नोबेल मेडिकल कलेजले संचालनमा ल्याएको क्यान्सर अस्पताल ३ अर्ब ४० करोड लागतमा क्यान्सर विभागको संरचना पूर्ण भएको हो ।

डा. सुनिल शर्माका अनुसार ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्तिको व्यवस्था सहितको क्यान्सर रोगको उपचार सेवा दिईरहेको जानकारी दिएका छन् । अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको ‘एज’ नामक उपकरण नेपालको हकमा पहिलो रहेको डा. शर्माको दावी छ ।

असोज देखि संचालनमा आएको नोवेलको क्यान्सर अस्पतालमा हाल सम्म १०० जना भन्दा बढीले उपचार सेवा लिईसकेका छन । नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *