
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं. ८ स्थित सलकपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । ७१ वर्षिय हरीप्रसाद घिमिरेको हात्तीले ज्यान लिएको छ ।


सलकपुर बजारबाट ५०० मिटर भित्र बस्तीमा राती १२ः३० मा घिमिरे आफ्नै घरमा ढोका खोलेर बाहिर निस्कदा हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्युभएको वडा सदस्य कुमा दाहालले बताउनुभयो ।










