कोशी प्रदेश मुख्य समाचार शिक्षा

बलियो बन्दै एनप्याब्सन सुन्दरहरैंचा

सुन्दरहरैंचा । एनप्याब्सन मोरङको १० औ जिल्ला बैठक समन्न भएको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित स्वाद होटलको सभाहलमा एनप्याब्सन मोरङको बैठक सम्पन्न भएको हो ।

बैठकले एनप्याब्सनको आगामी कार्यदिशा र एनप्याब्सनले गर्नु पर्ने कार्यहरु बारे छलफल भएको थियो । एनप्याब्सनका संस्थापक अध्यक्ष गिता राणाको प्रमुख आतिथ्यतामा भएको बैठकले पालिका स्तरमा भएका विधालयहरुको समस्या, पालिका-पालिकामा भएको छुट्टाछुट्टै शिक्षा कार्यविधी बारे छलफल भएको थियो ।

पालिकाले विधालयलाई ग्रेट वृद्धिको अनुमती नदिएको विषयमा बैठकमा बृहत् छलफल भएको थियो । बैठकमा पालिकामा रहेका विधालयहरुको समस्या समाधानमा आफू लागि पर्ने राणाले बताएकी छिन ।

निजि विधालयहरुको छाता संगठन एनप्याब्सन  पछिल्लो समय सुन्दरहरैंचामा बलियो बन्दै गएको विषय छलफलमा उठेको थियो । एनप्याब्सन सुन्दरहरैंचामा १८ वटा भन्दा बढी विधालयहरु आबद्दरहेका छन ।

विधार्थीहरुको क्षमता अभिवृद्धिका लागि एनप्याब्सन सुन्दरहरैंचाले विभिन्न शैक्षिक गतिविधिहरु निरन्तर गर्दै आएको छ । जिल्ला बैठकबाट प्याब्सन छाडेर  सुन्दरहरैंचाको श्री इन्द्रपुर बोर्डिङ एनप्याबानमा आबद्द भएको छ । प्राविधिक कारणले बैठकमा अन्य विधालयहरुलाई प्रवेश गराउन नपाए पनि आगामी दिनमा छिट्टै अन्य केही विधालयहरु एनयाब्सनमा आबद्द हुन लागेको सुन्दरहरैंचा एनप्याब्सनका सचिव ईश्वर ओझाले बताए ।

पछिल्लो समय एनप्याब्सनको शैक्षिक गतिविधी र विधार्थीहरुको क्षमता अभिवृद्धिमा एनप्याब्सनले खेलेको भुमिकालाई मध्यनजर गर्दै एनप्याब्सन संग प्रदेश भरिका विधालयहरु आवद्ध हुन लागेको कोशी एनप्याब्सनका सहसचिव कमल खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *