
सुन्दरहरैंचा । इलामको माई नगरपालिका–२ गोरखेमा सुन्दरहरैंचाबाट पिकनिक खान गएको सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङ्गको सुन्दरहरैंचाबाट आज विहान पिकनिक खान गएको को १ ज ३७०६ नम्बरको सवारी सडकबाट १५ मिटर तल खस्दा दुर्घटना भएको हो ।


गाडी दुर्घटनामा परि सुन्दरहरैंचा–१२ खोर्साने बस्ने ५६ वर्षीया विष्णुकुमारी खड्का, ५० वर्षीया कोपिला कार्की र ५७ वर्षीया माया तामाङ सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेको माई अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । हुस्सु लागेर बाटो बिर्सिएपछी गाडी चालकले गाडी रोकेर स्थानीयलाई चेप्टी जाने बाटो सोध्न बाहिर निस्किएको समयमा गाडी गुडेर सडक भन्दा १५ मिटर तल खसेको थियो ।









