कोशी प्रदेश मुख्य समाचार

ग्रामथान गाउँपालिका अध्यक्ष थारु बेहोस भएर ढले

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेका छन् । विराटनगर स्थित होटल स्ट्रन स्टारमा उनी बुधबार साँझ ७:१० बजेतिर बेहोस भएर ढलेका थिए ।

होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ ।

नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले थारुलाई उच्च रक्तचापका कारण समस्या भएको हुनसक्ने अनुमान गरेका छन ।

अध्यक्ष थारु राष्ट्रिय सभा निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका थिए ।  स्थानीय तहका प्रमुख एवं उपप्रमुख पनि निर्वाचनका मतदाता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *