
विराटनगर । काठमाडौंको सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुलाई सबैभन्दा बढी स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाका रुपमा सरकारबाट सम्मानित भएको छ ।


सातौं सामाजिक सुरक्षा दिवस, २०८१ को अवसरमा आज आयोजित विशेष समारोहकाबीच सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गर्ने केएमसीलाई सम्मान गरिएको हो ।










