
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित खोर्सानेमा मंगलबार राती मोटरसाइकल दुर्घटना हुँदा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ ।


खोर्साने-केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १-०२-०४६ प ३२१२ नं को मोटरसाइकलले सुन्दरहरैंचा नगरपालिका वडा नं १० बस्ने वर्ष ६४ को सीता गुरागाईलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते महिलालाई उपचारको लागि विराटनगर स्थित नोबेल मेडिकल कलेज पठाइएको थियो । उनको अस्पताल लैजादै गर्दा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।









