
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लि . काे अध्यक्षमा गाेपालप्रसाद पाैडेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।


इन्द्रपुर जेसीज मङ्गल स्मृति सामुदायिक भवन विराटचाेकमा बिहीबार भएको संस्थाकाे २४ अाैँ वार्षिक साधारण सभाले सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हाे ।

त्यस्तै साधारण सभाले उपाध्यक्षमा योगराज काफ्ले, सचिवमा सन्तोष वान्तवा, कोषाध्यक्षमा सुशिला सुवेदीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै संस्थाको सदस्यमा सोमराज गुरागाई, राजाबाबु सुवार, विष्णु प्रसाईं , अर्जुन गजुरेल, तारामान पौडेल, गोविन्दबहादुर थापा, विन्दुकुमारी भट्टराई चयन भएका छन ।
त्यस्तै संस्थाको लेखा समिती संयोजकमा गंगाराम फुयाल र सदस्यहरुमा खेम कट्टेल र निर्मला गौतम चयन भएका छन । चार बर्षे कार्यकालकाे लागि ११ जनाकाे कार्य समिति तथा ३ जनाकाे लेखा समिति चयन भएको छ ।









