कोशी प्रदेश मुख्य समाचार

सुन्दरपुर खानेपानी अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ र ६ मा रहेको सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनको लागि तीनजनाले अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन् ।खानेपानीको निर्वाचनमा अध्यक्ष पदका लागि नेकपा एमाले र जसपाको सयुक्त प्यानलबाट अरुण सुवेदी, नेपाली काङ्ग्रेसबाट राजेन्द्र राई(राजु) र स्वतन्त्र उम्मेद्वार प्रकाश सिग्देलले उम्मेद्बारी घोषणा गरेका छन ।

त्यस्तै खानेपानीमा उपाध्यक्ष पदमा नेकपा एमाले र जसपाको सयुक्त प्यानलबाट लक्ष्मीप्रसाद सिग्देल र नेपाली काङ्ग्रेसबाट हस्तबहादुर तामाङले उम्मेद्बारी घोषणा गरेका छन् । त्यस्तै सचिव पदमा नेकपा एमाले र जसपाको सयुक्त प्यानलबाट शंकर देवान, नेपाली काङ्ग्रेसबाट गेहनाथ दाहाल र स्वतन्त्र उम्मेद्वार कमल अधिकारीले उम्मेद्बारी घोषणा गरेका छन् । खानेपानीको कोषाध्यक्ष पदमा नेकपा एमाले र जसपाको सयुक्त प्यानलबाट चिरञ्जीवी रेग्मी र नेपाली काङ्ग्रेसबाट दिपेन्द्र बरालले उम्मेद्बारी घोषणा गरेका छन् ।

खानेपानीको सदस्य पदमा नेकपा एमाले र जसपाको सयुक्त प्यानलबाट गोकुल भट्टराई, तिर्थराज श्रेष्ठ , मिना तामाङ, सीता कटुवाल, चम्चा लिम्बू(राई) र नेपाली काङ्ग्रेसबाट धनराज रसाइली, बलभद्र चौधरी, राधा ढकाल, राधादेवी दुलाल कोइराला, उर्मिला श्रेष्ठले उम्मेद्बारी घोषणा गरेका छन् भने लेखा समितिमा नेकपा एमाले र जसपाको सयुक्त प्यानलबाट संयोजकमा पर्शुराम घिमिरे, सदस्यहरुमा भोगेन्द्र राई, तेजनारायण चौधरी  र नेपाली काङ्ग्रेसबाट संयोजकमा  लोकबहादुर तामाङ, सदस्यहरुमा रञ्जित लिम्बू, लिला भट्टराईले उम्मेद्बारी घोषणा गरेका छन् ।

सुन्दरपुर खानेपानीको नयाँ नेतृत्व चयनका लागि असोज १५ गते निर्वाचन हुदैछ । जसका लागि २६ जनाले उम्मेद्बारी घोषणा गरेका छन । २६ जना उम्मेद्वार मध्ये यस पटक १२ जना उम्मेद्वारहरु निर्वाचन प्रक्रियाबात नेतृत्वमा चयन हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *