कोशी प्रदेश मुख्य समाचार

खानेपानीलाई नि:शुल्क जग्गा उपलब्ध गराउछु: राजेन्द्र राई(राजु)

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ र ६ मा रहेको सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र राई(राजु) ले आफ्नो टीमले निर्वाचन जितेमा खानेपानी संस्थालाई नि:शुल्क रुपमा जग्गा उपलब्ध गराउने बताएका छन्। 

शनिबार घरदैलो कार्यक्रममा उपभोक्ता संग मत माग्दै जादा सञ्चारकर्मी संग कुरा गर्दै राईले आफुले चुनाव जिते खानेपानी संस्थाको लागि चाहिने आवश्यक जग्गा उपलब्ध गराउने बताएका हुन ।

राईले खानेपानी संस्थाको एउटा मात्र ट्यांकी रहेकोमा आफ्नो नेतृत्वको समुहले जितेमा अर्को पनि ट्यांकी थप्ने र अहिले पानीको शुल्क महँगो भएकाले त्यसलाई पनि कम मूल्यमा उपभोक्ताहरुलाई पानी खुवाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

सुन्दरपुर खानेपानीमा नयाँ नेतृत्वको लागि स्वतन्त्र सहित तीन जनाले प्रतिस्पर्धा गर्दैछन । नेकपा एमालेबाट अरुण सुवेदी, नेपाली काङ्ग्रेसबाट राजेन्द्र राई(राजु) र स्वतन्त्रबाट प्रकाश सिग्देल चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *