
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ का पुर्व वडाध्यक्ष रामप्रसाद रिजालले एक विधालयमा खानेपानीको धारा जडान गरिदिएका छन । रिजालले सोही वडाको श्रीलाल आधारभुत विधालयमा नि:शुल्क धारा जडान गरिदिएका हुन ।


रिजालले आफ्नो बुवा स्व. दयाराम रिजालको स्मृतिमा सो विधालयमा खानेपानीको धारा जडान गरिदिएका हुन । पूर्व वडाध्यक्ष रिजालले विद्यालयमा खानेपानीको धारा जडान गरिदिनु विद्यार्थीसँगै शिक्षकहरूका लागि पनि लाभदायक रहेको कार्यक्रमका प्रमुख अतिथी सुन्दरपुर खानेपानीका अध्यक्ष राजेन्द्र राईले बताएका छन । राईले स्वच्छ पानीको उपलब्धताले विद्यार्थीहरूको स्वास्थ्य सुधार हुने मात्र होइन, विद्यालयमा सरसफाइको स्तर पनि बढ्ने बताए ।

कार्यक्रममा हसिना सिमसारका अध्यक्ष घनश्याम न्यौपानेले खानेपानीको धारा जडानको कार्यले अन्य व्यक्तिहरुको लागि समेत प्रेरणाको स्रोत बन्न सक्ने बताए ।
पुर्व वडाध्यक्ष रिजाले विधालयमा ४५ हजार रकम बराबरको खानेपानीको धारा जडान गरिएको बताएका छन । कार्यक्रम विधालयका व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ दुर्गा कट्टेलको सभापतित्वमाभएको थियो भने जलमर्दन तिवारिले कार्यक्रम सञ्चालन गरेका थिए ।
निर्माण गरिएको उक्त खानेपानीको धारा आमा हरिमाया रिजाल, छोरा तारा रिजाल र पुर्व वडाध्यक्ष राम रिजाल र प्रमुख अतिथी राजेन्द्र राईबाट सयुक्त रुपमा उद्घाटन गरिएको थियो ।









