
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ स्थित लाेकशान्ति बचत तथा ऋण सहकारी संस्था लि. काे १८ अाैँ बार्षिक चुनावी साधारण सभाले पुनः गाेविन्दबहादुर कार्कीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।


जेसिज भवन मंगल स्मृति प्रतिष्ठान विराटचाेकमा शनिबार संस्थाकाे सञ्चालक तथा लेखा समितिकाे निर्वाचन भएको हाे । लाेकशान्तिकाे चुनावी साधारण सभाकाे उपाध्यक्षमा लक्ष्मी राई मल्ल सचिवमा दिपेन्द्र अधिकारी काेषाध्यक्षमा सारथीप्रसाद चापागाईं निर्वाचित भएका छन् ।


त्यसै गरि सदस्यहरूमा बेलकुमारी घिमिरे , राजमणि अधिकारी , दुर्गाप्रसाद मिश्र , चण्डीप्रसाद सुवेदी , लक्ष्मी खनाल , मैयाकुमारी श्रेष्ठ तथा नवराज गाैतम निर्वाचित भएका छन् । साथै लेखा समिति संयाेजकमा संगिता सुवेदी घिमिरे सदस्यमा लिलादेवी विमली श्रेष्ठ र सुगम सुवेदी निर्वाचित भएका छन् ।









