मुख्य समाचार

आर्थिक अनियमिततामा सुन्दरहरैंचा दोस्रो

सुन्दरहरैंचा । आर्थिक अनियमिततामा मोरङकै दोस्रो पालिकामा परेको छ सुन्दरहरैंचा नगरपालिका । महालेखा परिक्षण कार्यालयले निकालेको प्रतिवेदनका अनुसार  मोरङ जिल्लामा रहेका स्थानीय तह मध्ये  सुन्दरहरैंचा नगरपालिका मोरङमा दोस्रो परेको हो ।

आर्थिक अनियमितता गर्ने पालिकाको प्रथममा पथरिशनिश्चरे नगरपालिका छ भने तेस्रोमा कानेपोखरी गाउँपालिका रहेको छ ।

महालेखा परीक्षणले निकालेको प्रतिवेदन अनुसार ९ करोड ९२ लाख ३८ हजार रकम सुन्दरहरैंचा नगरपालिकाको बेरुजु निस्किएको हो । मोरङमा १७ वटा स्थानीय तह रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *