मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसले एक दिवशीय जीवनदृष्टि एवम् जीवनशैली विषयमा कार्यशाला सम्पन्न गरेको छ । क्याम्पसले शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि  जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको हो ।

कार्यक्रममा सहजकर्ताका रुपमा जीवनशैली, वैज्ञानिक अध्यात्म, योग प्रशिक्षक, लेखक, अनुसन्धानकर्ता र वातावरण संरक्षक तथा अन्तर्राष्ट्रिय स्तरमा योग आयुर्वेदविज्ञका प्रशिक्षक डा. राजु अधिकारीले जीवनदृष्टि एवम् जीवनशैलीका विषयमा प्रस्तुतीकरण गरेका थिए । सहजकर्ता अधिकारीले जीवन स्वस्थ्य बनाउन अपनाउनु पर्ने उपायहरू र सकारात्मक सोचको विकास गर्ने तरिकाहरू प्रस्तुत गरेका थिए ।

सहजकर्ता डा. अधिकारीले बिचबिचमा योग अभ्यास समेत गराएका थिए । जीवन सुखि र समृद्ध बनाउने विषयमा कार्यक्रमको अन्तमा प्रश्नोत्तर र छलफलसमेत गरिएको थियो । कार्यक्रमको औपचारिक सञ्चाल क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गरेका थिए भने सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सहजकर्तालाई स्वागत सम्मान गरेको  जानकारी क्याम्पसका अधिकृत नवराज कोइरालाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *