मुख्य समाचार विजनेश

लक्ष्मी सनराइज बैंकको वितिय साक्षरता कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । लक्ष्मी सनराइज बैंक विराटचौक शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले युवा पुस्तालाई बचत गर्ने बानीको विकास गर्ने र डिजिटल बैकिङ प्रविधिको प्रयोग र त्यसबाट हुन सक्ने जोखिमको बारेमा सचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

बैंकले ग्लोबल मनी विक, २०२४ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा कार्यक्रममा बैंकिङ सेवा–सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खाता लगायत बैैंकिङ क्षेत्रका विविध विषयबारे जानकारी गराएको लक्ष्मी सनराइज बैंक विराटचौक शाखाका प्रमुख प्रमोद हरी पोखरेलले बताए ।

कार्यक्रममा सुकुना क्याम्पसमा अध्ययनरत विविए संकायका विधार्थीहरु उपस्थिती रहेको थियो । सो कार्यक्रमबाट विधार्थीहरुले बैंकिङ क्षेत्रहरुबाट पाइने सेवा सुविधा तथा यसको जोखिमका बारेमा जानकारी प्राप्त गरेको सुकुना क्याम्पस विविए संकायका प्रमुख शंकर देवानले बताए ।

उक्त कार्यक्रममा सुकुनामा अध्ययन गर्ने विविए संकायका ४८ विधार्थीहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *