
सुन्दरहरैंचा । कुनै बेला एउटै निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेर चुनावी प्रतिस्पर्धामा होमिएका रेखा थापा र सुनिल शर्मा एउटै मञ्चमा देखिन थालेका छन् । उनिहरु एउटै मञ्चमा मात्र देखिएका हैनन, उनिहरुले खुलेर एउटै मञ्चबाट दुवै जनाको प्रशंसा समेत गरेका छन ।


आइतबार उनिहरु एउटै मञ्चबाट प्रेस मिटमा उभिएका हुन् । प्रेस मिटमा रेखाले सुनिल शर्माले मेडिकल क्षेत्रबाट गरेको योगदानको प्रशंसा गरेकी छिन् । उनले आफू स्वयम् मोरङ क्षेत्र नं ३ मा चुनावी मैदानमा होमिदा सुनिल दाईले स्वास्थ्यको क्षेत्रमा हरेक नागरिकको घर-घरमा पुगेको महसुस गरेको बताएकी छिन् ।

मोरङ क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राप्रपाबाट रेखा थापा र नेपाली काङ्ग्रेसबाट सुनिल शर्मा उम्मेद्बारी बनेका थिए । जसमा नेपाली काङ्ग्रेसबाट सुनिल शर्मा विजयी भएका थिए ।
थापाले चुनावी मैदानमा होमिदा त्यसबेला विभिन्न स्थानमा भएको कोणसभा र भेलामा समेत सुनिल शर्माको कम प्रतिवाद गर्थिन । उनले त्यसबेला नेकपा एमालेबाट उम्मेद्वार बनेका भानुभक्त ढकालको धेरै प्रतिवाद गरिन । कोणसभामा बोल्दा थापाले प्राय: मोरङ क्षेत्र नं ३ मा देखिएको समस्या सुकुम्बासी समस्यालाई चर्को रुपमा आफ्नो आवाजबाट बाहिर निकालेकी थिन । अहिले सुकुम्बासी समस्याको समाधान हुने कार्य अन्तिम चरणमा रहेको सुनिल शर्माको सचिवालयले जनाएको छ ।
तर काठमाडौमा रेखा थापा र सुनिल शर्माको भेटले मोरङ क्षेत्र नं ३ मा नयाँ राजनितिक तरंग ल्याएको छ । चुनावमा रेखा थापा प्रती कम प्रतिवाद गरेका शर्माले काठमाडौमा पुनः आफ्नो प्रतिद्वन्द्वी सग सहकार्य गर्नुले भोलि को दिनमा पुनः सगै एक भएर हिड्ने सम्भावना रहेको मोरङमा चर्चा छ । कतिले त शर्माले एमालेका उम्मेद्बारी भानुभक्त ढकालको मत काट्न समेत रेखा थापालाई उठाएर सहयोग गरेको बताउन थालेका छन ।









