
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको श्री सहकारी संस्था लिमिटेड तथा रेडियो सुसेलीको अध्यक्षमा रमेश खड्का चयन भएका छन् ।


सहकारीको ३३ औँ तथा रेडियो सुसेलीको १४ औँ वार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा नवराज चापागाईं, सहकारीको जिल्ला सङ्घ प्रतिनिधिमा गोकुल तिम्सिना, सदस्यहरूमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, राम अवतार ठाकुर, सुरेन्द्रबहादुर थापा, अनुरोध साह र मुना मैनाली रहेका छन् ।

त्यसै गरी लेखा समितिमा रामप्रसाद गजुरेलको संयोजकत्वमा ३ सदस्यीय कार्य समिति गठन भएको छ । सदस्यहरूमा लोकेन्द्र दाहाल र विना सुवेदी रहेका छन् ।









