कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाका किसानलाई मौरीको घार वितरण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले किसानलाई मौरीको घार वितरण गरेको छ । नगरपालिकाले २०६ वटा मौरीको घार वितरण गरेको हो ।

नगरपालिकाले ८ वटा वडामा २०६ वटा मौरीको घार वितरण गरेको सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले जानकारी दिए । नगरपलिकाले वडा नं ३,४,६,७,९,१०,११ र १२ का किसानलाई लक्षित एक हप्ते मौरीपालन सम्बन्धी तालिमसमेत दिएको भट्टराईले बताए ।

नगरपालिकाले मेलीफेरा र सेरेना जातको मौरीपालनका लागि २५ लाख रुपैयाँ बराबरको मौरीघार वितरण गरेको भट्टराईले जानकारी दिए । मौरीको घार वितरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र कृषि शाखा प्रमुख फणीन्द्र भट्टराईको उपस्थिति रहेको थियो ।

नगरपालिकाले किसानहरुलाई सीपको विकास गरी, मह दानी, धुवा दानी र अन्य उपकरण सामग्री समेत वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *