
विराटनगर । नेपाली काङ्ग्रेसमा शेखर समूह नरहेको काङ्ग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् । उनले आफू महाधिवेशनमा शेखर कोइराला सभापति भएको समूहबाट महामन्त्री भए पनि त्यो समूह आफ्नै भएको दाबी गरेका छन् ।


उनले एक कार्यक्रममा भनेका छन् “त्यो समूह मैले बनाएको हो । म त्यो समूहबाट निस्किएको छैन ।” थापाले अहिले आफूले १५ औँ महाधिवेशन बारे नसोचेको समेत बताए ।

थापाले १४ औँ महाधिवेशनमा सभापति शेखर कोइरालालाई आफूले उम्मेद्बारी बनाएको समेत बताएका छन् । थापाले १४ औँ महाधिवेशनमा आफूले बनाएको समूहबाट निस्किएर जाने जाँदै गर्छन् तर म त्यही समूहमा रहेको उनले बताए ।
थापाले १४ औँ महाधिवेशन पछि आफू महामन्त्री भएको र म सबैको साझा महामन्त्री भएको कारण मैले सबैलाई एउटै नजरले हेर्ने गरेको समेत बताए ।
महामन्त्री थापा १५ औं महाधिवेशनमा सभापति बन्ने उद्देश्यले देश दौडाहामा लागेका छन् । थापाले सभापति बन्ने लाइन काङ्ग्रेसमा देखाउदा काङ्ग्रेसमा आवद्द युवाहरुमा उत्साह जागेको छ । उनी काङ्ग्रेसको जुन कार्यक्रममा पुग्छन त्यहा उनी समर्थक व्यक्तिहरुको बाक्लो उपस्थिती हुँदै आएको छ ।
महामन्त्री थापालाई पार्टी सभापति शेरबहादुर देउवालाई १५ औं महाधिवेशनको सभापति बन्न ग्रीन सिंग्नल समेत दिएका छन् ।









