
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ स्थित बेलगाछीमा एकै घरका दुई बालिका केराबारीमा मृत अवस्थामा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरीहरु मृत अवस्थामा फेला परेका हुन् ।


अर्जुनकी श्रीमती भने सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ । घटनाको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।









